Thursday, April 24News That Matters

खास स्टाईकरलाई विपक्षीले छेकेकाले पराजय : टिम मेनेजर सन्जिब

उदयपुर, जेठ ३२ गते ।

शनिबारबाट सुरु छैठौं रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा बलियो टिम भएर राम्रै खेलेपनि न्यूस्टार क्लव सुनसरीले हराजय व्यहोर्नु परेको छ । टिमको एक विदेशी खेलाडी ३ नं. स्टाईकरलाई विपक्षीले छेक्ने रणनीति अपनाएपछि पराजित ब्यहोर्नु परेको विश्लेषण छ । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सो क्लव २ को विरुद्ध १ गोल मात्र गरेर पराजय भोगेको हो ।

खेलमा हार र जीत स्वभाविक रहेको भन्दै न्यूस्टारका टिम मेनेजर सन्जिब बस्नेतले सशस्त्रको टिम सधै खेल्ने सेटमा रहेको र आप्mनो खेलाडी संकलन गरिएकाले पनि खेल मिलाउन नसक्दा पराजय भोग्नु परेको बताए ।

पहिलो हालसम्म बराबरी रहेको दुबै टिमको रोचक र प्रतिष्पर्धात्मक खेल जमिरहेको बेला दोस्रो हाफको १३ औं मिखेनेटमा सशस्त्रका ९ नंं प्रविन स्यान्ताङले पहिलो गोल गरेर अग्रता गरेको थियो । २८ औं मिनेटमा न्यूस्टारको तर्फबाट ८ नं. विदेशी खेलाडी अउरेल इनामेले गोल गरेर बराबरीमा पुर्याएका थिए । ३७ औं मिनेटमा सशस्त्रका ११ नं. खेलाडी नविन लामाले टिमका लागि गोल थपेपछि सोही गोल निर्णायक बन्न पुगेको थियो ।
भिडियो अन्तरवार्ता :
https://www.youtube.com/watch?v=-K-TuFZHls4