Sunday, May 17News That Matters

खुकुरी प्रहारबाट १ को मृत्यु १ जना घाईते

खोटाङ, जेठ २५ गते ।

खोटाङको केपिलासगढीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा बिहान पौने ९ बजेको स्थानीय ३६ बर्षीय शुभराज राईले स्थानिय ६५ बर्षीय डिल्लीराज राई र उनको श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर मार्फत काठमाण्डौ पठाउने तयारी गर्दै गर्दा डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको छ । खुकुरी प्रहार गर्ने शुभराजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।