खुकुरी प्रहार गरी दाइको हत्या

पूर्णपुष्टि/कात्तिक १४ गते ।

गाईघाट-उदयपुरको बेलका नगरपालिका वडा नं. ५ घुम्नेमा सोमबार राती भाईले खुकरी प्रहारबाट दाजुको मृत्यु भएको छ ।

घरायसी विवादमा ३५ बर्षीय भाई कृष्ण सदाले ४५ बर्षीय दाई विशे सदाको टाउकोमा खुकुरी प्रहार गर्दा दाजुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाका इन्चार्ज प्रहरी निरिक्षक सुवास राईले बताए ।

खुकुरी प्रहार गर्दा छेक्ने प्रयास गरेकी मृतककी पत्नि सोमनी सदासमेत घाईते भएकी छिन् । उनको दाहिने हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार खुकुरी प्रहारपछि फरार रहेका अभियुक्त कृष्ण फरार रहेकाले तिब्र खोजी कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0