
पूर्णपुष्टि, वैशाख २
बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित जस्तीखोल्सामा बुधबार दिउँसो अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको हो ।
खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव भटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङकले जनाएको छ ।
शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।
