
गाईघाट/फागुन, १०
खुल्ला मेन्सडबल्स इभेन्ट व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ भने बी डिभिजन तर्फ जोन जसराज र बिनय चौधरीको जोडी प्रथम भएको छ । यस्तै प्रतियोगिताको दोस्रो हुनेमा ए डिभिजन तर्फ बल बहादुर कार्की र चित्र थापा, बि डिभिजन तर्फ गोबिन्द चौधरी र बिनोद चौधरी रहेका छन् त्यसैगरी तेस्रो हुनेमा ए डिभिजन तर्फ सन्तोस कटुवाल, सुनिल परियार, पुजन ढुङगेल र यम कुमार मगर र बी डिभिजन तर्फ खम्बराज राई, भुपाल राना, प्रविन राई र युवराज दाहालको जोडी तेस्रो भएको छ ।
जेसिस उदयपुरले प्रजातान्त्र दिवसको अवसर पारेर गराईएको प्रतियागितामा बिभिन्न ठाउँका ६० जोडिहरुले सहभागी जनाएका थिए । गाईघाट बोक्से स्थित शुक्रबार देखी भएको प्रतियोगितामा ए डिभिजन तर्फ सिनियर खेलाडी र बी डिभिजन तर्फ जुनियर खेलाडीहरुले खेलेका थिए ।
