Tuesday, July 14News That Matters

खुवालुङ संरक्षणका अभियनता पक्राउ

पूर्णपुष्टि,फागुन २८ 

किरात राई समुदायको धार्मिक तथा आस्थाका धरोहर “खुवालुङ” संरक्षण समितिका अभियन्ताहरुलाई  प्रहरीले पक्राउ गरेको छ । सुनसरी चतराका दिनेश काम्दुङ खम्बू र सजन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु काम्दुङ संरक्षण समितिका सचिव हुन भने साजन पनि अभियन्ता हुन् ।

उदयपुर, भोजपुर र धनकुटाको संगम स्थलमा अवस्थित दुधकोशी नदिको बीचमा रहेको खुवालुङ ढुङ्गा क्रेन गलाएर फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलिले अभिव्यक्ति दिए पछि विवाद हुँदै आएको छ ।

विराटनगरमा गत माघ ८ गते सो अभिव्यक्त दिए पछि किरात राई समुदाय र किरात जन्य संघ संस्थाहरुले विरोध जनाउदै आएका छन् । उक्त विषयमा आज किरात राई यायोक्खाले वृहत छलफल तथा अन्तरकृया कार्यक्रम राखेको छ ।

खुवालुङ्कै विषयलाई लिएर अभियानताहरुलाई पक्राउ गरिएको हो भने यो राज्यको नश्लिय चरित्र उदाङ्गिएको प्रष्ट हुने जानकारहरु बताउछन । उनीहरुलाई तुरुन्तै रिहाई गर्न सम्बन्धित निकाय लगायतले सरकारसंग आग्रह गरेक छन् ।