Friday, February 7News That Matters

खेतमा जमेको पानी डुवी एक जनाको मृत्यु

झापा, साउन ९ गते । 

झापाको हल्दीबारीमा खेतमा जमेको पानीमा डुबेर एक युवा मृत अवस्थामा फेला परेको छ । हल्दीबारी गाउँपालिका –१ निबासी ३८ वर्षीय बिरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेको हो ।

विहान करिब २ बजे घरबाट निस्केका बुढाथोकी अबेरसम्म घर नफर्कीएपछि खोजतलास गर्ने क्रममा खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको स्थानियले जानकारी दिएपछि प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।