
पूर्णपुष्टि,माघ ६
त्रियुगा नगरपालिका–१२ को आयोजनामा सुरु दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चौदण्डीगढी नगरपालिका–४ बेल्टारको युनाइटेड युथ क्लब विजयी भएको छ । वडा नं. १२ को विसनपुरस्थित फुटबल खेल मैदानमा सोमबार भएको खेलमा युनाइटेड युथ क्लबले त्रिनपा–१२ लाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
दिउँसा ३ बजे देखि सुरु भएको प्रतियोगितामा युनाइटेड युथ क्लबका शरद राईले १ गोल र दिप्सन राउतले २ गोल गरेको युवा तथा खेलकुद विकास समिति संयोजक विशाल राईले बताउनुभयो ।

त्रिनपाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यमा सुरु भएको अन्तिम खेलमा विजयी टिमलाई ३० हजार र उपविजेता टिमलाई २० हजार नगद पुरस्कार तथा प्रमाण प्रत्र वितरण गरीएको थियो । मेयर चौधरीले विसन्पुरलाई नगरकै दोस्रो खेलमैदान बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । वडा नं. १२ का वडाध्यक्ष जयविक्रम राईले युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न सदैव तयार रहेको बताउनु भयो ।

‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ युवा तथा खेलकुद विकास समिति संयोजक राईले आगामी दिनहरुमा पनि खेललाई निरन्र्तता दिने बताउनुभयो ।

