Sunday, May 17News That Matters

खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

पूर्णपुष्टि, भदौ १६

कोरोना भाइरसविरुद्धको खोप बनाउन भइरहेको होडबाजीले नतिजा राम्रो नदिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो ।

केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको जनाईएको छ । डब्ल्यूएचओले अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ ।

धेरै नयाँ सङ्क्रमित देखिएको देशमा भिडभाड र यात्राको लागि अनुमति दिनु थप महामारीलाई निम्तो दिनु जत्तिकै खतरा रहेको