Wednesday, May 21News That Matters

खोलाबाढीले बगाएर एक जना बेपत्ता

उदयपुर, असार २८ गते ।

बसाहाको काली खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएको छ । चौदण्डिगढी गाउँपालिका – ४ निबासी ३५ वर्षीय मनकुमार तामाङलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको हो ।

खोला पारी भएको कुकुरलाई लिन जादा तामाङलाई करिब १ बजे बाढीले बगाएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । अत्याधिक वर्षाले गर्दा बेपत्ता भएका तामाङको खोजि कार्यमा समस्या आएको प्रहरीले जनाएको छ ।

बाढीले बेपत्ता बनाएको तामाङलाई स्थानियबासी र नेपाल प्रहरीको सहयोगमा खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।