
पाँचथर, बैशाख ८ गते ।
पाँचथरको सावा खोलामा डुबेको अवस्थामा बलीबहादुर आङदेम्बे मृत फेला परेको छ । मिक्लाजुङ गाउँपालिका–१ निबासी ४४ वर्षीय आङदेम्बे खोलामा डुबेको अवस्थामा सोमबार मृत फेला परेको हो ।
गत बैशाख ६ गते घरबाट आफुखुसी निस्किएका आङदेम्बे दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
