
मोरङ, असोज २५
मोरङको करिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी–४ त्रिबेणी चोकका ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको हो ।
हिजो राती साढे १० बजे स्थानीय करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेको थियो । पानीमा डुबेर वेहोस भएका माझीको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठन घोपा धरानमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

