Saturday, April 26News That Matters

खोलाले बगाउँदा एक बालकको मृत्यु

झापा, असार ३० गते । 

झापाको मेचीनगरमा एक बालकलाई खोलाले बगाएर मृत्यु भएको छ । मेचिनगर नगरपालिका–१३  निबासी गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईलाई फुलवासा खोलाले बगाएर मृत्यु भएको हो ।

विहान करिब ७ बजे खेतमा गएका बुवालाई पछ्याउदै जाने क्रममा खोलाले बगाएको थियो । स्थानियले बालकलाई खोलाले बगाएको देखेपछि तत्काल उद्दार गरी उपचारको लागि विएण्डवी हस्पिटल विर्तामोड लगिएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।