
पूर्णपुष्टि, असोज १२
उदयपुरको रसुवा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका–२ निबासी ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाएर मृत्यु भएको हो ।
माईती घरबाट फर्कने क्रममा हिजो राती ८ बजे बाटोमा पर्ने रसुवा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

