
ताप्लेजुङ, साउन २६ गते ।
ताप्लेजुङको सिरिजंगामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सिरिजंगा गाउँपालिका – ४ निबासी ४७ वर्षीय सिता भट्टराईलाई शनिबार खोलाले बगाएर मृत्यु भएको हो ।
दिउँसो करिब ४ बजे छिमेकीको घरमा घिउ पु¥याउन गएकी भट्टराई घर नफर्केपछि खोजतलास गर्ने क्रममा नागदेवा खोला किनारामा बाटोदेखि करिब २ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ ।
