Monday, June 29News That Matters

खोलाले बगाएर बेपत्ता भएका १ ब्यक्ति मृत फेला

मोरङ, असार ३१ 

मोरङको रतुवा खोलाले बगाएर बेपत्ता बनाएको एक जना मृत अवस्थामा फेला परेको छ । रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका–७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेको हो ।

गत सोमवार दिउँसो सवा ३ बजे खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे बगाएको ठाउँदेखि करिव ३ किलोमिटर तल खोला किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।