Wednesday, May 6News That Matters

खोलाले बगाएर १ जना बपत्ता

झापा/भदौ ६ गते ।

झापाको माई खोलाले बगाएर एक जना बेपत्ता भएको छ । शिवसताक्षी नगरपालिका – १० निबासी सुकुम्बासी बस्तिामा बस्दै आएका साहेव सरदारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

उक्त बस्तिको ताला हस्ताको घरमा बस्दै आएका ४३ वर्षीय सरदारलाई विहिबार दिउँसो २ बजे खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटेका प्रहरी टोली र स्थानियबासीको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।