
ओखलढुङगा, श्रावण २२
ओखलढुङगाको चम्पादेवीमा लिखु खोलाले बगाएर एक जना बेपत्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० का ३६ बर्षीय रोहित ढुङगेल खोलाले बगाएर बेपत्ता बनाएको हो ।
हिजो दिउँसो १ बजे गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै क्रममा बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएको ढुङगेलको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
