Monday, February 17News That Matters

खोलाले बगाउँदा एक बालक बेपत्ता

पाँचथर, असार २७ गते । 

पाँचथरको मिक्लाजुङमा ९ वर्षीय बालकलाई खोलाले बगाउँदा बेपत्ता भएको छ । विद्यालय जाने क्रममा नुवाखोलाले मिक्लाजुङ गाउँपालिका – ४ निबासी लोकबहादुर राईको छोरा दिवन राईलाई बगाएर बेपत्ता बनाएको हो  ।

विहान करिब ९ः५० बजे जादुसँग  विद्यालय तर्फ जादै गर्दा खोला तर्ने क्रममा दिवनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । वेपत्ता भएको बालकको नेपाल प्रहरी र स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।