
पूर्णपुुष्टि/उदयपुर, जेठ १५
-गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार उदयपुरमा रहेका दुई कैदीको पनि कैद मिनाहामा परेको छ ।
कैद मिनाहा भएपछि दुई कैदी गणतन्त्र दिवसकै दिन मंगलबार छुटेका छन् । जिल्ला कारागार उदयपुरका अनुसार छुट्नेहरुमा त्रियुगा नगरपालिका ७ का इश्वरी मगर र ठोक्शिला १ उदयपुरका देशबहादुर माझी रहेका छन् । मगर गर्भपतन र माझी बहुविवाह मुद्दामा जेल सजाय भोगिरहेका थिए ।
नेपाल सरकारले दिवसको अवसरमा उदयपुरका दुईसहित देशभरमा ८१६ जना कैदीबन्दीहरुलाई कैद मिनाहा गरेकोछ । योसंगै द्वन्द्वकालिन मुद्दामा जेल परेका माओवादी नेता बालकृष्ण ढुंगेल पनि रिहा भएका छन् । ढुंगेल मंगलबार विहान डिल्लिबजार कारागारबाट छुटेका हुन् ।