
पूर्णपुष्टि, जेठ २७ गते ।
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बाग्लुङको बरेङ गाँउपालिकाका २४,२२,१८,२४,१८,४९,२३ र २७ वर्षका पुरुष र निसीखोला गाँउपालिकाका २१,२६ र २७ वर्षका पुरुष रहेका छन् ।
यसैगरी नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाईएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ भने ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।

