Tuesday, June 23News That Matters

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना समणक्र पुष्टि

पूर्णपुष्टि, जेठ ३१ गते ।

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेका संक्रमितहरु पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेको जनाईएको छ  ।

पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी बालिका, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाईएको छ ।

नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये ११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।