
भदौ २ गते ।
महिला खलनायिका नेपाली फिल्म क्षेत्रमा कमै भेटिन्छ । खलनायिका कम रहेको फिल्म क्षेत्रमा सृजना रेग्मीले निकै चर्चा बटुलेकि छिन् ।
‘जाइरा’ फिल्ममा खलनायिकाको अभिनय गरेकी नवअभिनेत्री सृजनालाई अहिले ‘बुलेट भिलेन’ का रूपमा चिन्न थालिएको छ । भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ मा सृजना ‘बुलेट’ को भूमिकामा छिन् ।
फिल्म रिलिजअगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रूपमा हेर्न थालिएको छ । यस फिल्मबाट निकै आशावादी रहेकी छिन् भने फिल्म एक्सनमा निकै मेहनत गरेको उनको भनाइ छ ।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । पर्दामा लभर गर्लको भूमिका रुचाइएकी सृजनाले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।
