Friday, February 7News That Matters

गर्मीमा खाने ६ तरकारी

असार, ४ गते ।

गर्मी मौसममा जाडोमा भन्दा पाचन शक्ति कमजोर हुने भएकाले खानपानमा ध्यान दिनु पर्छ । यो मौसममा तारेको र बढी मसाला भएको खाने कुरा कम गर्नु पर्छ । यस्ता खाना बढी खाएमा फुड प्वाइजन हुन सक्ने भएकाले विरामी पर्न सकिन्छ । त्यसैले सजिलै पच्ने खालको खाने कुरा खानु पर्दछ ।

यो समयमा तरकारीमा लौका, फर्सी, हरियो सिमि, करेला, प्याज, गोलभेडा जस्ता तरकारी खानले स्वास्थ्यमा समस्या आउँन पाउँदैन ।

 

१. लौका ः यसमा करिब ९६ प्रतिशत पानी हुने भएकाले चिसो खालको तरकारी पनि हो । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ भने कलेजो स्वास्थ्य राख्न सहयोग पनि गर्दछ । फाइबर तत्व हुने भएकाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि राम्रो हुन्छ ।

 

२. फर्सी ः यो तरकारीमा खनिज तत्व बढी हुन्छ । यसले शरीर भित्र भएको विषाक्त पदार्थ बाहिर निकाली एसीडीटी हटाउने र तौल कम गर्ने गर्दछ । यसले पेट सफा राख्ने काम गर्दछ ।

 

३. हरियो सिमी ः यसमा मानिसलाई आवश्यक पर्ने पोषक तत्व पाईन्छ । सिमीमा भिटामिन ए, सी र बी ६ पाइन्छ भने फोलिक एसिडको राम्रो स्रोत पनि हो । यसमा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पाईन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट हुने भएकाले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

 

४. तिते करेला ः यो तरकारी सवैलाई मन पर्दैन यसको स्वाद तीतो भएपनि स्वास्थ्यका लागि लाभदायी छ । सजिलै पच्छ भने फस्फोरस हुने भएकाले कफको समस्या हटाउन सहयोग गर्दछ । यसमा प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । यसले पाचनशक्ति बलियो बनाई भोक लगाउने कम पनि गर्दछ ।

 

५. प्याज ः  गर्मी मौसममा प्याज राम्रो मानिन्छ । प्याजमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा बढी हुन्छ । यसमा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम हुन्छ भने क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि पाईन्छ । यस मौसममा काचो प्याज खानाले लू लाग्दैन ।

 

६. गोलभेंडा ः सवै तरकारीमा मिल्ने गोलभेडा दैनिक रुपमा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर जस्ता सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ भने रक्तचाप पनि नियन्त्रण गर्दछ । त्यसैले मुटु रोगीका लागि उपयोगी मानिन्छ ।