Monday, February 17News That Matters

गर्मी याममा विषालु किरादेखि कसरी सुरक्षित हुने

गर्मी याममा विभिन्न किराहरुको भय हुने भएकाले विषालु किराबाट बच्नको लागि सुरक्षा अपनाउनु पर्छ भने लामुखट्टे, झिँगा र साङ्ले विषालु किरा भन्दा सामान्य मानिन्छ । तराई तथा भित्रिमधेशमा बढि विषालु किरा सर्प र विच्छी खजुरोको टोकाईबाट मान्छेको मृत्यु हुने गर्दछ ।

यस्ता किराहरुसँग कसरी हामी सुरक्षीत हुन सक्छौँ त केहि उपायहरु यसरी अपनाउन सकिन्छ ।

सर्प

घर वरपरको प्वालहरु नराखने । यदि सर्पले टोकेमा चुसेर विष निकाल्ने कोसिस गर्नु हुँदैन । त्यस्तो गर्दा सर्पको विषले चुस्ने मानिसलाई असर गर्न सक्छ भने बिरामीलाई पनि खासै फाइदा गर्दैन । सर्पले डसेपछि घरायसी उपचार गर्नु भन्दा पनि तुरुनत अस्पताल लैजानु पर्छ ।

कुन सर्प हो भनेर चिन्ने कोसिस गर्नु पर्छ । सम्भव भएसम्म सर्पलाई राम्रोसँग हेर्नु पर्छ, सर्पको जातका बारेमा थाहा हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुन्छ ।

सर्पले डसेको बिरामीलाई हलचल गर्न दिनु हुँदैन । हलचल गरे शरिर भरि विष फैलने भएकाले शान्तसंग बसाउनु पर्छ यदि सर्पले हातमा डसेको छ भने हातलाई झोलाएर राख्नु पर्छ जसले गर्दा बिष अन्य भागमा फैलन पउँदैन । खुट्टामा डसेको छ भने खाटबाट खुट्टा तल झोलाएर राख्नु पर्छ ।

सर्पले डसेको ठाउँमा पानीमा पोटासियम हालेर पखाल्नु पर्छ । घरमा पोटासियम छैन भने साबुन पानीले पखाल्नु पर्छ तर आइस अगाउनु हुँदैन ।

सर्पले डसेको ठाउँ भन्दा दुई इन्च माथि कपडा अथवा डोरिले कसेर बाँध्नुपर्छ । कपडा  अथवा डोरी एक इन्च चौडा हुनु आवश्यक छ, साथै सर्पले डसेको २० मिनेट भित्र पट्टि बाँधिसक्नु पर्छ ।

बिच्छि

बिच्छिले टोक्दा मानिसको मृत्यु हुने सम्भावना न्युन हुने भएता पनि यसले टोकेको ठाउँमा अत्याधिक पीडा हुने गर्छ । बिच्छिले टोकेमो मानिसलाई सुविधाजनक स्थितिमा आराम गर्न दिनु पर्छ । बिरामीलाई हिड्न, डुल्न अथवा अन्य गतिबिधि गर्नबाट रोक्नु पर्छ । बिच्छिले टोकेको ठाउँमा साबुन पानीले धुनु पर्छ । टोकेको ठाउँमा कीटाणु रहित ड्रेसिङ गरेर पट्टी लगाउनु पर्छ ।

साङ्लो

साङ्लो हेर्दै घीनलाग्दो देखिन्छ । साल्मोनेला नामक संक्रमणको कारण पनि हो । यो फोहोर भएको ठाउँबाट सिधा तपाईको भान्छासम्म पुग्छ । यसको खुट्टाको माध्यमबाट संक्रमण हाम्रो खानामा पुग्छ । मरेको साङ्लोबाट पनि संक्रमण फैलिन्छ ।

झिंगा

हाम्रो घर वरपर घुमिरहने झिंगा अति नै घातक हुन्छन् । यिनिहरुको शरीरमा १० लाख भन्द बढि कीटाणु समावेश हुन्छन् । यसले खानालई संक्रमित गरिदिन सक्छ । जसका कारण झाडाबान्ता लाग्न सक्छ । झिंगाको संक्रमणबाट बच्नका लागि खानालाई सँधैं छोपेर राख्नु पर्छ ।

उडुस

अहिले उडुस लगभग हराइसकेको छ । ग्रामीण क्षेत्रहरुमा काहीँ कतै उडुस आज पनि  भेटिन्छ । त्यस्तै पुराना होटल, अपार्टमेन्टहरुमा पनि उडुस हुन्छन् । उडुस फोहोर र ओसिलो ठाउँमा हुने भएकाले घरलाई सधै सफा र सुख्खा राख्नु पर्छ । समय(समयमा किटनाशक औषधी छर्नु पर्छ । औषधी छर्दा घरमा कोहि नभएको समयमा, मुखमा माक्स लगाएर,  खानेकुराहरुलाई राम्रोसंग छोपेर, केटाकेटीहरुबाट बचाएरमात्र छर्नु पर्छ ।

राता कमिला

वर्षायाममा रातो रंगका कमिलाको प्रकोप अत्याधिक मात्रामा हुन्छ । त्यस्ता कमिलाको टोकाईका कारण छाला रातो हुने, सुन्निने, पोल्ने तथा अन्य समस्याहरु उत्पन्न हुन्छन् । त्यस प्रकारका कमिला ठुलो संख्यामा घरमा प्रवेश गर्छन् । घरमा एक पटक प्रवेश गरेपछि तिनिहरुलाई हटाउन धेरै गाहो हुन्छ । त्यसकारण शुरुदेखि नै त्यस्ता कमिला घरमा प्रवेश गर्न नदिन सतर्कता अपनाउनु पर्छ । घरलाई सधैं सफा र सुख्खा राख्ने, समय(समयमा किटनाशक औषधीहरु छर्कने गर्नु पर्छ ।