Friday, May 22News That Matters

गहना किनेबापत नक्कली चेक दिएर भागेकी एक महिला पक्राउ

पूर्णपुष्टि, साउन २९

चार लाख ३६ हजार रुपैयाँ बराबरको सुन चाँदीका गहना किनेर पैसा नतिरी भाग्ने एक महिला पक्राउ परेको छ । नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीको आधारमा झापाकी शारदा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले सिक्री, सुनको लकेट, बाला, सुन र हिराको औँठी लगायतका गरगहना बनाएको र एक सहकारी संस्थाको नक्कली चेक दिएर ठगेको प्रहरीले जनाएको छ ।

२९ वर्षीया शारदा मगरले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने भएकाले ठगीमा परेकाहरुलाई उजुरी दिन अपराध महाशाखाले आग्रह गरेको छ ।