गाँजासहित १ जना पक्राउ

उदयपुर,मंसिर ११ गते ।

उदयपुरमा लागु औषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ बाट लागु औषध गाँजासहित पक्राउ परेको हो ।

प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटेका प्रहरी टोलीले कटारीबाट गाईघाट तर्फ आउँदै गरेको ना ४ ख ५८२४ नम्बरको यात्रु वहाक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार कटानरी नगरपालिका–५ निबासी रामकुमार सदासाथबाट दुई सय ग्राम गाँजा बराद गरेको प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: