Monday, February 17News That Matters

गाँजा र खैरो हेरोईन सहित ४ पक्राउ

 

विराटनगर, श्रावण ०६ गते ।

मोरङ र झापाबाट प्रहरीले गाँजा र खैरो हिरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । ३ किलो गाँजा सहित केराबारीका १८ बिर्षिय गणेश लामाला र जिग्री भुजेललाई इलाका प्रहरी कार्यलय केराबारीले पक्राउ हो ।

सोमार मोरङको केरावारी गाउँपालिका (१० बगैँचा चोकबाट २ बजे राती हिडिरहेको अवस्थामा चेक जाँजको क्रममा गाँजा सहित तामाङ र भुजेललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी आईतवार साँझ ६ः४० बजे झापाको मेचीनगर नगरपालिका (६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिका(१० फिक्कल बस्ने ३१ बर्षिय अमित लिम्बु र झापा बुद्धशान्ति गाउँपालिका (४ का २१ बर्षिय किशन बेगालाई पक्राउ गरको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार लिम्वु र बेगालाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।