
सुनसरी, श्रावण ०६ गते ।
सुनसरीको बर्जु गाउँपालिका (५ बुढीपुल नजिक आइतवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती ८ बजेको समयमा बेलाहबाट देवानगंज तर्फ जाँदै गरेको (बिआर ३८ एफ ८९३८) नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनमा मोटरसाईकल चालक सुनसरी देवानगंज गाउँपालिका (२ का २५ बर्षिय धिरेन्द्र यादवको उपचारको क्रममा मृत्यु भएको छ । गम्भिर घाईते यादवको बिराट नर्सिङहोम बिराटनगरमा उपचारकोे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले जनाएको छ ।