Saturday, June 27News That Matters

गाईघाटमा चोरको विगविगी

पूर्णपुष्टि, असार २२

त्रियुगा नगरपालिका–११ सुविदा टोलमा गतराती चोरी भएको छ । ढोका बाहिर मान्छे सुतेको मौका छोपी मोवाईल र पैसा चोरी भएको हो ।

राती विजुली बत्ति गएपछि गर्मीले ढोका बाहिर श्रीमती र नानीसँग सुतेको बेला करिब ३० हजार बराबरको भिभो मोवाईल १ थान र नगद ५ हजार चोरी भएको ज्ञानकुमार तामाङले बताए । उनले भने “विजुली बत्ति गएपछि गर्मीले राती करिब ११ बजे ढोका बाहिर निस्केर सुतको र करिब साढे १ बजे उठेर हुर्दा मोवाईल र पैसा थिएन ।”

विहान आफ्नो घरमा राती चोरी भएको भनेर टोल विकास समितिलाई जानकारी गराउँदै वरिपरिको छिमेकीलाई सुनदाउँदा टोलमा प्राय सवैको घरबाट मोवाईल र पैसा राती चोरी हुने गरेको छिमेकीले सुनाएको तामाङले बताए ।

फिट्टो र अलिक सुनसान ठाउँ भएकोले बढी चोरी हुने गरेको स्थानीयले बताएका छन् । एकान्त ठाउँ भएकोले लागुऔषध सेवन गर्ने व्यक्तिहरुसमेत रोड छेउछाउ राती अवेरसम्म बस्ने गरेकाले प्रहरीको निगरानी हुनु पर्ने तामाङले बताए । यो टोलमा पनि प्रहरीको निगरानी बढे लागुऔषध सेवन गर्ने र चोर हट्ने उनले बताए ।