Friday, February 7News That Matters

गाईघाटमा दिउसै चोरी

उदयपुर, बैशाख २ गते ।

उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार दिउँसै चोरी भएको छ । त्रियुगा नगरपालिका– ११ स्थित संगमटोलमा नवराज कार्कीको घरमा दिउँसो चोरी भएको हो ।

स्थानीयका अनुसार कोहि नभएको मौका पारी ढोका फोडेर चोरी भएको हो । घरमा कोहि नभएको मौका छोपी ढोकाको ताला तोडेर चारी भएको घरधनी कार्कीले बताए ।

कोठाको दराज, पलङ फोडेर करिब १० तोला सुन र २५ हजार पैसा चोरी भएको कार्कीले बताए । सवै ढोकामा ताला लगाएर दिउँसो हस्पिटल गएको र करिब बेलुका ६ बजे खाना पकाउन घर आउँदा ढोका फोडेर चोरी भएको थाहा पाएको कार्कीले बताए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानसंगै चोरी गर्नेको ब्यापक खोजी थालेको छ । प्रहरीले मुचल्का भने भोलीपल्ट मात्र उठाउने जनाएको छ