Tuesday, July 14News That Matters

गाईघाटमा बाटोमा फेला पारेको चालिस हजारको चेक, बिल बुक सहित महत्वपूर्ण कागजात धनिलाई बुझाईयो

पूर्णपुष्टि, असार २९

मंगलबार गाईघाट स्थित करमगाछी माथी बाटोमा चालिस हजारको चेक सहित अन्य महत्वपूर्ण कागजातहरु फेला परेको छ । फेला परेको चेक सहितको महत्वपूर्ण कागजात धनिलाई बुझाइएको छ । त्रियुगा नगरपालिका १० करमगाछीका कर्ण कुमार बस्नेतले सो सामान फेला पारी धनिलाई बुझाएको हो ।

रोड साईड झोला फेला परेपछि घर ल्याएर हेर्दा ग्लोबल र ज्योति विकास बैँकको २ थान चेक, ज्योती विकास बैँकको भरेको हस्ताक्षर सहितको ४० हजार बराबरको चेक र एउटा खाली चेक, लाइसेन्सको रसिद, बिलबुक, भौचरको रसिद र अन्य थुप्रै कागजातहरु फेला परेको थियो । सामान फेला परेपछि चेकमा रहेको नम्वरमा सम्पर्क गरी धनि पत्ता लगाएर सामान बुझाएको फेला पार्ने कर्ण बहादुरको छोरा उमेश वस्नेतले जानकारी दिए ।

सामानका लागि सम्पर्क गर्दा साउने घर भएको र सामानको धनी हेमन्त लामिछाने मगर रहेको पत्ता लागेपछि बोलाएर घरमै सामान हस्तान्तरण गरिएको बस्नेतले बताए । सामान स्थानीयहरुको रोहबरमा वितरण गरिएको हो ।

हराएको सामान फेला परेपछि मगरले खुसी हँुदै सामान फेला पार्ने व्यक्ति र बुझाउने माहान सोँचलाई धन्यवाद व्यक्त गरेको छ । उनले आफ्नो महत्वपूर्ण सामान फेला पारेर यसरी फोन गरी बुझाएकोमा आफु निकै भाग्यमानी रहेको बताए ।