उदयपुर
पूर्णपुष्टि,माघ ६ । मगर समुदायको महान राष्ट्रिय चाड माघेसंक्रान्तिको अवसरमा माघ ७ गते उदयपुरको गाईघाटमा माघ्यासकराटी तथा हुर्रा महोत्सवको आयोजना हुने भएको छ । नेपाल मगर संघ त्रियुगा नगर कमिटी, प्रा.का.स. वडा नं. १३को आयोजनामा एक दिने हुर्रा महोत्सव हुने भएको हो ।
मगरहरुको महान् चाड माघेकंक्रान्ति भव्य रुपमा सफल पारौँ,इतिहास,भाष,कला,संस्कार–संस्कृति संरक्षण र सम्वद्र्धन गरौँ भन्ने मुल नाराका साथ गाईघाटको त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशालामा महोत्सव सुरु हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम बिहानको १० बजे हुने बताएको छ ।

उक्त कार्यक्रम अन्तर्रगत हजारौं गितहरुमा आफ्नो आवाज दिइसकेका राष्ट्रिय कलाकार शिवथापा मगर साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा विभिन्न मगर जात–जातिका मौलिक परम्परा र सांस्कृतिक झाँकी,हुर्रा नृत्य साथै मौलिक खान परिकारहरु रहेको आयोजकले जनाएको छ ।
