Monday, February 17News That Matters

गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

 

गाईघाट/असार १६

१ नं प्रदेश स्तरीय मुख्य मन्त्रि लिग गाईघाटमा आज बाट सुरु भएको छ । थारुहट रंगशालाको खेल मैदान स्थित १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्कीले खेलको उद्घाटन गरेको हो । आज पहिलो र दोस्रो खेल गरी ४ टिमले खेलेको छ । ।

पहिलो चरणको खेलमा खोटाङ र मोरङले खेलेका थिए । भने दोस्रो चरणमा उदयपुर र सोलुखुम्वुले खेलेका थिए । मोरङ र खोटाङले १/१ अंक बाँड्दै बराबरी अंक प्राप्त गरेको छ । मोरङको तर्फ बाट १ गोलले टिमलाई अग्रता दिरहदा खेलको अन्तिम समयमा खोटाङको तर्फ बाट पनि १ गोल गर्दै अंक बराबरी बनाएका थिए ।

दोस्रो चरणको खेलमा भने उदयपुरले ३ अंक प्राप्त गरेका छन् भने सोलुखुम्बुको शुन्य अंक रहेको छ । उदयपुरको तर्फबाट ५ गोलले टिमलाई अग्रता दिदै सोलुखुम्वुलाई शुन्य वनाएको थियो । पछि सोलोखुम्वुको तर्फ बाट १ गोल फर्काउदै १ गोल घटाएका थिए । भोलीको खेल ओखलढुङगा र मोरङ विच हुने आयोजकले बताएको छ ।