Friday, July 17News That Matters

गाईघाटमा संञ्चालीत १० दिने किशोरकिशोरी समग्र बिकास तालिम सम्पन्न

पूर्णपुष्टि, माघ १४

गाईघाटको कोहबर होटलमा संञ्चालित १० दिने किशोरकिशोरी तालिम शुक्रबार सम्पन्न भएको छ । जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजनामा ५ गते बाट सुरु भएको तालिम एक कार्यक्रमको बिच सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । तालिममा  रौतामाई गाउँपालिकाका ४० जना किशोरकिशोरिहरु सहभागि थिए । हरेक स्थानीय स्थरमा किशोरकिशोरीहरु सक्षम बनाउनु पर्ने भन्दै पालिकाका ४० किशोरीहरुको सहभागीमा तालिमको आयोजना गरिएको जाल्पा एकिकृत विकास समिति उदयपुरका अध्यक्ष पुष्प पोखरेलले बताउनुभयो । 

तालिम प्राप्त किशोरीहरुले आफ्नो स्थानमा रहेको  अन्य किशोरकिशोरीहरुलाई पनि यस बिषयमा ज्ञान दिनु पर्ने र सक्षम विकास बारे चेतनाको अभियान चलाउन टेवा पुग्ने गरी तालिमको आयोजना गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । समाजमा हुने किशोरकिशोरी माथिको दुव्र्यबहार , हिंसा, अत्याचार जस्ता कुराहरु न्युनिकरणमा आफु सचेत रहँदै अरुलाई पनि सचेतनाका लागि यस कार्यक्रमले भूमिका खेल्ने आयोजनकले जनाएको छ । तालिममा सहभागी सबैलाई प्रमाण पत्र व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले तालिममा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।