Wednesday, June 10News That Matters

गाईघाटमा होली हंगामा सिजन–२ हुने

पूर्णपुष्टि,फागुन २१ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको अवसरमा गाईघाटको पिपलचोकमा होली हङगामा सिजन–२, हुने भएको छ । पूर्वेली मिडिया प्रालीको आयोजनामा अगामी मंगलबार मध्यायन्नको १२ बजे देखि त्रियुगा नगरपालिका ११ पिपल चोकमा होली हंगामा २०७९ आयोजना हुने भएको हो ।

कार्यक्रमलाई टुबोर्गले मुख्य प्रायोजन गरेको छ । यता रेड ब्लुइ, त्रियुगा नगरपालिका, एसिएन पेन्ट्स, शिब शक्ति ब्लोक्स र उदयपुर सिमेन्ट प्रालिले सह–प्रायोजन गरेको छ ।

गतसाल हजारौं स्थानीय दर्शकहरुको साथ पाएको यो मिडियाको यो दोश्रो सिजन रहेको छ । आयोजक समितिका अध्यक्ष सरोज निरौलाको अनुसार यस पटक राष्ट्रिय तथा स्थानीय कलाकारहरु शिबथापा मगर, लोक स्टार बिनोद दनुवार, टिकटक भाइरल जोडी गोपाल कृति नमु न्यौपाने, इटहरीका पप सिंगर साइरस श्रेष्ठ लगायतका कलाकारहरुले प्रस्तुती दिने भएको हो । होली हंगामा कार्यक्रममा अन्य आकर्षक रमाइला गेमहरु सहित विविध स्थानीय सास्कृतिक नृत्यका कार्यक्रम रहने उनले बताए । कार्यक्रमलाई कुमार अविरल र पुनम मिश्रले संचालन गर्ने भएको छ ।