Friday, July 10News That Matters

गाईघाट बजार भित्र धमाधम जेव्रा क्रसिङ बनाईँदै, मेनचोकको चारै कोणमा निर्माण गरिने

पूर्णपुष्टि, पुष ७
गाईघाट बजारको मुख्य रोडहरुमा जेव्रा क्रसिङको काम भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ र जिल्ला ट्राफिक कार्यालय उदयपुरको संयुक्त समन्वयमा जेव्रा क्रसिङको काम भैरहेको हो । पछिल्लो समय गाईघाट बजार स्थित अत्यादिक दुर्घटनाका केन्द्र बन्दै गएको मदन भण्डारी राजमार्ग सडकहरुमा जेव्रा क्रसिङ निर्माण भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले असारी रोड अन्तर्गत मदन भण्डारी राजमार्ग पुरानो सब्जी बजारमा बिहिबार जेव्रा क्रसिङ निर्माण गरिएको जनाए । रसाईलीका अनुसार दुर्घटना क्षेत्र र सवारी चाप सँगै अत्यादिक भिँडभाँडको अवस्थालाई पहिचान गरेर उक्त निर्माण गरिएको जनाए । रसाईलीले अब तत्कालै मेन चोकमा चारै तर्फ सडकको कोणहरुमा डिजाईन गरी जेव्रा क्रसिङ निर्माणको कार्यलाई पनि तत्कालै अगाडी बढाउने जनाए । साथै पिजि चोकमा पनि निर्माण गरिने जानाए ।