
पूर्णपुष्टि/उदयपुर, असोज १ गते ।
त्रियुगा माध्यामिक विद्यालय गाईघाट २०५५ एसएलसी ग्रुपले आगामी दशैंको उपलक्षमा विशेष बृहद भेटघाट कार्यक्रम गर्ने भएको छ ।
आगामी असोज ३० गते फुलपातीका दिन सबै एसएलसी व्याजी साथीहरुबीच भेटघाट कार्यक्रम राख्ने तयारी भएको व्याजी ग्रुप संयोजक राजेन्द्र अधिकारीले बताए ।एसएलसी व्याजी साथीहरु सबैलाई खबर गरी चाडबाडको मौकामा जम्मा हुने जमर्को गरिएको उनले बताए ।
विगत दुईवर्षदेखि व्याजी साथीहरु संगठित भई देउसीभैलो तथा सामाजिक कार्य गर्दै आएको छ । सोही क्रममा यसपटक फुलपातीमा विशेष भेटघाट कार्यक्रम गर्ने भएको हो ।
मानिसको जीवनमा अध्ययन कालको विद्यालयको अविष्मरणीय काललाई सदैव स्मरण गर्दै आउदो पुस्तालाई शिक्षामा प्रेरित गर्ने र शिक्षा तथा सामाजिक क्षेत्रमा सकेको योगदान गर्ने ग्रुपको उद्देश्य रहेको छ ।
विद्यालय शिक्षा सकेपछि अध्ययन तथा जागिर, अन्या व्यापार, व्यावसायको काममा देश विदेशमा छरिए पनि आफु अध्ययन गरेको ठाउँमा केही गर्ने भन्दै व्याजीहरु संगठित भईरहेका छन् ।
संयोजक अधिकारीले सबैलाई सामाजिक सञ्जाल, फोनमार्फत अहिलेसम्म सम्पर्क नभएका साथीहरुलाई पनि सम्पर्क गर्ने र कार्यक्रमको बारेमा जानकारी तथा निम्तो दिने काम भईरहेको र यो काम एसएलसी व्याजी साथीहरु सबैले गर्नका लागि अनुरोध गरेका छन् ।