
उदयपुर, चैत्र २० गते ।
विकट पहाडी गाउँघरमा सडकको पहुँच पुगेपछि उदयपुरको स्थनिय बासीहरुका आम्दिानीको स्रोत बाँस बन्दै गएका छन् ।
दर्गम गाउँपालिका लिम्चुङ्बुङको गाउँघरमा विकासका भौतिक पूर्वधार सडक पुगेपछि कुहिएर खेर गैरहेका बाँस आम्दिानीको स्रोत बनेका हुन् ।
स्थानिय सरकारले गत आर्थीक वर्षमा गाउँ गाउँमा सडक गोरेटो पु¥याएको थियो । त्यस सडकलाई मर्मत सुधार र घुम्तिहरु फराकिलो बनाएपछि हिउँदे भएपनि गाउँमा यातायातको सुविधा पुगेको पालिकाले जनाएको छ ।
गाउँमा यातायातको पहुच पुगेपछि त्येतिकै कुहिएर खेर गईरहेका बाँस गाउँलेको एक मुख्य आम्दानीको स्रोत बनेको लिम्चुङ्बुङ गाउँपालिका वडा नं ३ का वडासदस्य गुरुमणी कुमाइले बताए । गाउँमा बाँस बार बार्न र दाउरा बाल्न भन्दा अरु काममा कमै प्रयोग गर्ने गरेको कुमाइले बताए ।
स्थानिय सरकारले सडक विस्तार तथा मर्मत सुधार गरेपछि जनतालाई सदरमुकाम आवत जावत गर्न र केहि स्थानिय वस्तुले बजार पाउन थालेको कुमाईले बताए । सडकको पहुचकै कारण गाउँमा बाँस आम्दानीको स्रोत बनेको हो ।
बाँस बार बार्न, दाउरा बाल्न, केहि घर, गोठ बनाउन र डोको, महला, चित्रा लगायतका सामाग्री बनाउनको लागि प्रयोग गर्दै आएको स्थानिय कमल बहादुर कार्कीले बताए । प्रयोग नभएका बाँस बोटमै कुहिएर गईरहेको थियो ।
गाउँमा सडक पुगेपछि बाँस धनीको घरमै ठेक्दार पुगेर बाँसको झाँङमा घनाको ४० रुपैया दिने गरेको छ । बाँसको झाँङबाट काटेर सडक छेउ पु¥याउँदा प्रति घना ६० रुपैया दिने गरेको कार्कीले बताए । झाङमा ४० रुपैया दिने र २० रुपैया काट्ने र बोक्नेलाई छुट्याएको कार्कीले बताए ।
गाउँमा कुहिएर त्यतिकै खेर गईरहेको बाँस विक्रि हुन थालेपछि गाउँलेहरु एकदमै खुसी भएका छन् । गाउँको बास केहि सदरमुकाम गाईघाट जाने र बाँकि विरगन्ज, काठमाण्डौँ लगायतका बजारहरुमा लैजाने गरेका कार्कीले बताए ।
बाँस विक्रि हुन थालेपछि गाउँमा घरको १२ हजार देखि ४०-५० हजार सम्म आम्दानी गरेको छ । भने धमाधम बाँस कटान भईरहेको कार्कीले बताए । काम नभएर त्यतिकै बसीरहेका र कुहिएर खेर जाने बाँसबाट पैसा आउन थालेपछि गाउँलेहरु काम लागी परेको छ ।
राम्रो माटो र फेदबाट २१ फिट सम्मको मात्रै बाँस लाने भएकाले टुप्पो र सानो तिनो प्रयोग गर्न समस्या भएको कार्कीले बताए । घनाको पैसा र पातको गाईबस्तुलाई घाँस हुन्छ । बाँसबाट आएको पैसा घरखर्च चलाउन र छोराछोरी पढाउनमा प्रयोग भएको कार्कीले बताए ।
बाँसबाट मानिसले दैनिक उपभोग गर्ने र अतिआवश्यक सामाग्री बनाउन सकिन्छ । बाँसबाट जस्तो सुकै सामाग्री बनाउन पनि मिल्छ । हस्तकला देखि मानव जिवनमा दैनिक प्रयोग हुने नाङ्लो, डालो देखि फुल दानी, टेवल, ¥याक, कुर्सी लगायतका विभिन्न सामाग्री तयार गर्न सकिन्छ । तर गाउँघरमा सिप र ज्ञानको अभावले दाउँराको रुपमा प्रयोग गरिदै आएको छ ।