Saturday, June 13News That Matters

गाउँघरमा पनि छैन दशैँको रौनक

पूणर्पुष्टि, कार्तिक १०

यो बर्षको दशैँलाई कोरोनाले ठुलै असर पारेको छ । अन्य बेला भन्दा रमाइलो लाग्ने गाउँघर पनि सुन्य छ । गाउँघरबाट रोजगार, शिक्षा, व्यपार व्यवसायका लागि बिभिन्न ठाउँमा पुगेका मानिसहरु पनि यो बर्षको दशैँमा गाउँ पुग्न पाएन । सँधै सुन सान र बुढाबुढी मात्र रहने गाउँका घरहरुमा दशैँमा भने छोरा बुहारी, नाती नतेनी, आफन्तहरुको आवत जावतमा घर भरिभराउ हुन्थ्यो । 

तर यो बर्ष भने गाउँ पनि दशैँको सुनसानमय छ । गाउँका धेरै मानिसहरु शहरमा कर्मथलोको रुपमा कमा गर्छ र दशैँको बेला आफ्नो घर वा पुख्र्यौली घरमा गएर आफन्त मान्यजनहरुको आशिर्वाद लिने गर्छ । यो बर्ष भने दशैँ फरक तरिकाले विगतमा जस्तै गरी मनाउन सकिएको छैन । शहरबाट जानेहरु गाउँनै असुरक्षित पार्ने हो की भन्ने डरले गाउँ फर्किन सकेन र केहि फर्केकाहरु पनि सुरक्षाको घेरमामा रहेर मात्र दशैँ मनाउँदैछन् । 

 

घटस्थापना शुरु भएपछि गाउँघरमा दशैँ पर्वको छुट्टै रौनक हुन्थ्यो । रोजगार, अध्ययनका साथै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली आफ्ना घर फर्किँदा घरपरिवार तथा गाउँघर नै भरिभराउ हुने गर्दथ्यो । आफन्तमा एक प्रकारको खुसीयाली र उमङ्ग छाउँथ्यो ।

यसपटक भने महामारीको त्रासका कारण बाहिर रहेका नेपाली आफ्नो गाउँघर त्यति फर्किएका छैनन् । गाउँमै भएका नागरिक पनि एक अर्काबीच सँगै रहेर खुसीयाली साट्न नपाउँदा गाउँघर नै सुनसान जस्तै बनेको छ । विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमणले माहामारीको रुप लिँदै गएपछि त्यसको कहरमा हाल नेपाल पनि परेको छ । यसका कारण दशैँको उत्साह र रमाइलोले गाउँघरमा कमैलाई मात्र छोएको छ ।

दशैँ पर्वलाई लक्षित गरी गाउँघरका सडक सरसफाई गर्ने कार्य पनि यसवर्ष खासै नदेखिएका गाउँवासीहरु बताउँछन् ।

सँधै दशैँमा आँटी नआँटी हुने घरहरु अहिले सुन सान छ । त्रियुगा नगरपालिका १५ का जीवन राईले पहिलेको दशैँ र अहिलेको दशैँमा धेरैनै अन्तर रहेको बताउनुभयो । काठमाण्डौँ बाट आउने छोरी ज्वाई नातीनतिनीहरु यो पटक नआउँदा घर सुनसान छ । दशैँमा होहल्ला र भिँडमा घरै उज्यालो हुने गरेको उहाँले यो बर्ष भने कुनै रौनक बिनै दशैँ जानलागेको उहाँले बताउनुभयो ।