Tuesday, March 25News That Matters

गाउँमै निःशुल्क स्वास्थ्य शिविर

उदयपुर, फागुन १७ गते ।

विकट गाउँको महिलाहरुलाई लक्षित गर्दै उदयपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

त्रियुगा नगरपालिका–१५ रानिबासमा महिलाहरुमा हुने बच्चा दानी र स्तन सम्बन्धि मसस्याको निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

वडाको आयोजनामा क्यान्सर रिलिफ सोसाईटी (रेस्फेक नेपाल)को सहयोगमा महिलाहरुमा हुने बच्चा दानीको मुखको क्यान्सर, स्तन क्यान्सर लगायतका महिलामा हुने समस्याको निःशुल्क स्वास्थ्य शिविर भएको थियो ।

विकट पहाडी तथा आर्थीक कम्जोरी भएका महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै शिविर संचालन गरेको वडाले जनाएको छ । शिविरमा ८७ जना महिलाहरुले सेवा लिएका छन् । महिलामा हुने विभिन्न समस्याहरुलाई कसरि थाहा पाउने भन्ने बारेमा शिविर संचालन हुनु भन्दा अगाडी परामर्श दिएको त्रिनपा वडा नं १५ को वडाध्यक्ष निरबहादुर मगरले बताए ।

गाउँमा आर्थीक तथा विभिन्न समस्याले वषौँ देखि रोगपालेर बस्नु पर्ने समस्याको समाधान गर्नका निम्ती शिविर संचालन गरिएको मगरले बताए । धेरै महिलाहरुलाई बच्चादानी र स्तनको क्यान्सर हुने भएकाले समयमै सजक र उपचार गराउनका लागि शिविर गरिएको मगरले बताए ।