
राजेन्द्र दुष्ट
उदयपुर,बेल्टार चैत्र २१ गते ।
उदयपुरमा एक संघिय संसदले आफुले जितेर गएका क्षेत्रको स्थानियबासीसँग जनगुनासो तथा समस्या संकलन गर्न गाउँमा पुगेको छ । चौदण्डीगढी नगरपालिकाका विभिन्न गाउँ बस्तिहरुमा प्रत्यक्ष जननिर्वाचित प्रतिनिधि सभाका सदस्य डा. नारायण खड्का पुगेर स्थानियबासी सँग गुनासो तथा समस्या संकलन गर्न थालेको हो ।
संसद खड्काले बुधबार चौनपा– २ का विभिन्न गाउँ बस्तिमा पुगेर जनसुनासो तथा समस्या संकलन गर्न सुरु गरेका थिए । गुनासो तथा समस्या संकलनमा नगर उप प्रमुख रिताकुमारी चौधरी, भोजराज खतिवडा, राजेन्द्र पौडेल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी भएको थियो ।
भेटघाट कार्यक्रममा स्थानीयले राखेको जिज्ञासाहरुको जवाफ दिदै उप प्रमुख चौधरीले भने पालिकाले गर्न सक्ने काम गरिरहेको र जनतामा भएको समस्याहरु समाधान गर्न सधै तयार रहेको चौधरीले बताईन् ।
जनताको जनगुनासोमा बढी विकासको पूर्वधारहरु नै रहेको छ । स्थानिय बासीहरुको मुख्य समस्या भनेको सडक, पुल, खानेपानी, सिचाई गायतका भौतिक पूर्वधारका समस्या र महिलाका लागि सिपमुलक तालिमको जरुरी रहेको नगरकार्यपालिका सदस्य मनु कार्कीले बताईन् ।
जनताको समस्यालाई सम्बोधन गर्दै संसद खड्काले देश संघीयतामा गएपछि केन्द्रको अधिकार तीन तहमा बाडीएकाले सिधै काम गर्न नमिल्ने भएको हुनाले कहि कतै साना तिना समस्या अएको हुन सक्ने भन्दै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएको थियो ।