Wednesday, July 1News That Matters

गाडी चढ्दा मास्क अनिवार्य

बैशाख ६

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिने निर्णय गरेको हो ।

सरकारले माक्स नलगाएकालाई चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ । त्यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । त्यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन् । बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।