Tuesday, March 18News That Matters

गायक सचिनको थप सफलता

पूर्णपुष्टि/मंसीर ५ गते ।

काठमाडौं – ‘खोटाङ सुगम स्टार’ गायक सचिन राईले भीडियोसहित नयाँ गीत ल्याउदैछन् । आउदै गरेको नयाँ गीत युवा पुस्तामा लक्षित रहेको उनले बताएका छन् । ‘तिमलाई देखेपछि प्यार बढ्यो सानु’ बोलको गीत अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड भइसकेको उनले जनाएका छन् ।

पहिलो ‘नेपाल आइडलको फस्ट रनरअप’ समेत रहेका गायक राईले केही दिनपछि भिडियोसहित गीत सार्वजनिक गर्ने बताएका छन् ।

शान्तकुमार राईको शब्द र अशोक लोहोरुङ राईको संगीतमा आउन लागेको भिडियोसहितको गीतले छिटै लोकप्रियता कमाउने उनको आशा छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकास्थित बाम्राङ स्थायी घर भएका गायक राई सामुदायिक रेडियो रुपाकोटका कार्यक्रम प्रस्तोता पनि हुन् ।

अहिले भने उनी कलाकारितामै केन्द्रित छ्न् । हङकङ, मलेसियालगायत विभिन्न देश स्टेज प्रोग्रामका लागि पुगेका उनी नेपालमा अनगिन्ति कन्सर्ट तताउने गायकमा पर्छन् ।