Tuesday, July 7News That Matters

गायिका मेलिनाले पोखरा महोत्सवको प्रस्तुति रद्ध

पूर्णपुष्टि,माघ ३ । नेपाली सांगित क्षेत्रमा लाखै गितहरुमा अवाज दिएकी चर्चित गायिका मेलिना राईले पोखरी महोत्सवमा तथ भएको साङ्गीतिक प्रस्तुति रद्द गरेकी छिन् । राईले आफ्नो अफिसियल फेसबुक पेज मार्फत आज मंगलवार बेलुका महोत्सवमा प्रस्तुति दिन आउन असहमति जनाएकी हुन् ।

उनले स्टाटसमार्फतआफू उपस्थिति हुन नसक्ने भएकोमा आयोजकसँग माफी समेत मागेकी छिन् । उनले लेखेकी छिन्, ‘पोखरामा त्यत्रो दुर्घटना भए लगत्तै कार्यक्रम मनाउन मैले सकिनँ । मेरो मर्यादा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन त्यसैले कार्यक्रममा उपस्थिति जनाउन सकिनँ ।’

आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ७० जनाको शव फेला पारिएको छ । दुई जना अझै बेपत्ता छन् । विमान दुर्घटनापछि अन्य कलाकारहरूले समेत पोखरामा र आसपासका क्षेत्रमा सांगीतिक प्रस्तुति तत्काललाई स्थगित गर्न थालेका छन् ।

गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन् । आफ्नो प्रतिष्ठा र भित्री आत्माले पोखरा पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै मेलिनाले पोखरा महोत्सवमा आफ्नो उपस्थितिलाई स्थगित गरेको बताएकी छन् ।