Monday, February 17News That Matters

गुणस्तर हिन सेनटरी प्याड

उदयपुर, जेष्ठ १५ गते ।

विद्यालयमा सरकारले निशुल्क उपलब्ध गराउने सेनेटरी प्याड गुणस्तर हिन भएको बिद्यार्थीले आरोप लगाएकाछन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार भएको अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस, वहस तथा प्रर्दशनी कार्यक्रममा सहभागि बिद्यार्थीले गुणस्तरहिन भएको आरोप लगाएको थियो ।

विद्यालयमा प्याड वितरण गर्दा गुणस्तरीय प्याड मात्र वितरण गर्नु पर्ने सहभागिहरुबाट आएका प्रश्नको जवाफ दिन रोष्टममा बसेका प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेलाई विद्यार्थीहरुले आग्रह गरेका थिए ।

बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनुस्का राईले विद्यालयमा दिईएको सेनेटरी प्याड कम गुणस्तर भएकाले प्रयोग गर्दा असर गरेको बताईन् । राम्रै होला भेनर प्रयोग गरेको प्याडले चिलाउने, गन्हाउने, दुख्ने, सुनिने जस्ता समस्या आएको उनले बताईन् ।

गुणस्तर हिन भएकाले एलर्जी आउने, दुख्ने जस्ता समस्या आउने गरेको उदयपुरपुर मनकामना बोडिङ स्कुलका छात्र प्रिया राईले बताईन् । कार्यक्रममा करिब एक दर्जनले प्रश्न गरेका थिए । प्रश्न गर्ने मध्येका ८ जनाले कम गुणस्तर भएको आरोप लगाएका  थिए ।

महिनावारी हुदाँ दुखाई कम गर्ने औषधी सेवन गर्दा झन बढी रक्तश्राव हुने गरेको त्रियुगा नमुना माध्यमिक बिद्यालयका शिक्षिका किस्मा हमाल ठकुरीले बताईन्

उदयपुरमा १ सय ७० जना छात्रा बराबर एक शौचालय रहेको तथ्यांक प्रस्तुत गरेको थियो । महिनाबारी हुदा  किरब ५० प्रतिशत बिद्यार्थी बिद्यालय नजाने गरेको र १५ प्रतिशतले सेनेटरी प्याड प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ ।

सहभागिबाट आएका जिज्ञासाको प्रतिउत्तर दिँदै मन्त्री घिमिरेले महिनाबारी अभिषाप नभई बरदान हो भन्ने भनाईलाई आत्मसाथ गर्दै प्रदेश सरकारले गुरुयोजना तथा रणनीतिक योजना बनाई अघि उनले बढेको बताए ।

महिनावारी प्रकृतिक कुरा भएकाले पश्चिमको छाउपडि प्रथाको अवशेषहरु ग्रामिण भेगका गाउँघरमा अझै भएकाले त्यसको अन्त्यका लागि मन्त्रालयले योजना अघि सारेको मन्त्रि घिमिरेले बताए । हाम्रो समाजमा कुसस्कार अझै पनि जिवितै रहेकाले यसको प्रतिबादका लागि लाज र धक नमानी अभियान सञ्चालन गरि सचेत बनाउनु पर्ने उनले बताए ।

सहभागिबाट आएका प्रश्नको जवाफ मन्त्री घिमिरे, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, कटारी अस्पतालका प्रमुख डा. पवन साह, अधिकारकर्मी भरतकुमार खड्का, बालमन्दीर माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगंबहादुर खड्का, युवा अभियन्ता प्रसुना खड्का लगायतले फर्काएका थिए ।