मोरङ, असार ३० गते ।
मोरङको गेउरिया खोला किनारमा वेवारिसे शव फेला परेको छ । रङगेली नगरपालिका – ९ को गेउरिया खोला किनारमा आईतबार दिउँसो साढे एक बजे वेवारिसे शव फेला परको हो ।
खोला किनारमा फेला परेको शव तराई मुलको जस्तो देखि अन्दाजी २८ वर्षीय पुरुषको भएको प्रहरीले जनाएको छ । वेवारिसे शवको कानुनी प्रक्रिया पुरा गरी शव परिक्षणको लागि रङगेली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अझै पनि शवको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।