Monday, February 17News That Matters

गैरकानूनी रुपमा विदेश पुगेका तीन सय ११ को उद्धार

असार ३० गते ।

वैदेशिक रोजगारीको नाममा मानव बेचविखन तथा ओसारपसारमा परेका तीन सय ११ जनालाई उद्धार गरी नेपाल फर्काईएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलयले जनाएको छ । यस वर्ष कुवेत, साउदी लगायतका देशहरुमा राम्रो रोजगारी लगाई भन्दै दलालहरुको फन्दामा परि विचल्लीत भएकाहरुलाई उद्धार गरेको मन्त्रलयले जनाएको हो ।

भारतको विभिन्न बाटो हुदै मानव बेचविखन गर्ने उद्देश्यले तेस्रोत मुलुक तर्फ लैजान लागेका एक सय ७९ जना उद्धार गरीएको मध्ये ३२ पुरुष र एक सय ४७ जना महिला रहेको मन्त्रलयले जनाएको छ ।

पछिल्लो समय गैरकानुनी रुपमा विभिन्न प्रलोभनमा परी नेपाली महिला विदेशमा पु¥याई विचल्ली बनाउने गिरोह बढेपछि सरकारले निन्त्रण गर्न कदम चालेको मन्त्रलयले जनाएको छ । राम्रो काम र कमाइको प्रलोभवमा पारी भारत, म्यानमार, कुवेत लगायतका देशहरुमा मानव बेचबिखन तथा ओसारपसारको घटन बढेपछि नियन्त्रणका लागि कदम चालिएको मन्त्रलयले जनाएको छ ।

मानव बेचविखन तथा ओसार पसारको उच्च जोखिममा परेको केहि जिल्लाहरुको अध्ययन गरी आउने आर्थिक वर्षमा सचेतनामूलक कार्यक्रम र आयआर्जन तथा सिपमुलक कार्यक्रम संचालन गरि न्यूनिकरणका लागि अभियान चलाउने योजना बनाएको मन्त्रलयले जनाएको छ ।

गैरकानूनी रुपमा विदेश पुगी बिचल्लीमा परेका महिलालाई सुरक्षित साथ स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइएको छ । कतिपय मानिसले गैरकानुनी रुपमा विदेश जानु हुदैन भन्ने कुरा थापाएर पनि जाने अनि समस्या आएपछि सरकारलाई गुहारने चलन बढ्दै गएकाले नियमावल संशोधन गर्ने तयारी भएको मन्त्रलयले जनाएको छ ।