Sunday, June 28News That Matters

गोर्खा भर्ती रोकियो

पूर्णपुष्टि, असार २१

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ ।

कोरोनाले यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन् । बेलायतले बर्षेनी प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ । यस पटक नयाँ भर्तीका लागि २१ मे देखि १० जुलाईसम्म पोखरा र २३ मे देखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो ।

धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ । यस पटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने जनाईएको छ ।

सामान्य भएमा केन्द्रीय छनोट हुने र गत सालको रेक्रुट इन्टेक २० को क्षेत्रीय र केन्द्रीय छनोटमा उत्तम अंक ल्याएर सफल भएका युवालाई बेलायती सेनामा भर्ती हुन अवसर प्रदान गरिने कर्णेल गुडम्यानले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

बेलायतले बेर्षेनी ४ सय ३२ नेपाली युवालाई बेलायती सेनामा र १ सय २० युवालाई सिंगापुर प्रहरीमा भर्ती गर्दै आएको छ ।