
उदयपुर, असार ५ गते ।
उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपका विहिबारको खेलमा आयोजक टिमलाई ४–१ ले पछि पार्दै गोर्खा व्वाईज फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा उदपयुर ११ लाई पछि पार्दै गोर्खा व्वाईज क्लव फाईनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको २ मिनटमा गोर्खा व्वाईजका जर्सी न. १२ को सुनिलकुमार यादवले गोल गरी आफ्नो टिमको खाता खोलेको थियो । त्यसै गरी १८ औँ मिनट जर्सी न. ९ का डेनियलले दोस्रो गोल गरको थियो भने २२ औँ मिनटमा जर्सी न. ७ का फोफानाले तेस्रो गोल र ८२ औँ मिनटमा चौथो गोल गर्दै आफ्नो टिमलाई विजय गराएको थियो ।
आयोजक टिमको घरेलु मैदान भएपनि हाप समय सम्म गोल गर्न सकेको थिएन । हाप समयपछि ७९ औँ मिनटमा आयोजक टिमको जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल गर्दै टिमको खाता खोलेका थियो । दर्शकको राम्रो साथ पाएका आयोजक टिमले एक गोलमा चित्त बुझाउनु परेको छ ।
सेमिफाईनल खेलका दोस्रो दिनको खेलमा उ्रत्कृष्टि खेलाडी गोर्खा व्वाईजका जर्सी न. १५ का पेपे घोषित भएका छन् । उत्कृष्ट खेलाडी पेपेलाई नगद सात हजार, म्यडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
घरेलु मैदान भएपनि मौसमका कारण मैदानमा पानी जमेकाले खेलाडीहरुले एक आपसमा ताल मेला मिलाउन नसक्दा सुरुमै गोल खानाले हार व्यहोर्नु परको आयोजक टिमका कोच दिपक थापाले बताए । दर्शकको विश्वास जित्न नसकेको मा माफि माग्दै आगामी गोल्डकपको लागि राम्रो तयारी गर्ने उनले बताए ।
मैदानमा पानी जमेको भएपनि सुरुको बललाई नियन्त्रण गर्दै गोल गर्नु सफल हुनुनै जित भएको गोर्खा व्वाईज क्लवका कोच जगनाथ खतिवाडाले बताए । आयोजक टिम राम्रो भएपनि सुरुमा आफ्नो खेलाडीलेको तालमेल मिलाउनु र बल नियन्त्रण गर्न सफल हुनु जित भएको उनले बताए ।
थरुहट रङ्गशालामा शनिबार हुने फाईनल खेलमा एपिएफ क्लव काठमाण्डौँ र गोर्खा व्वाईज क्लव रुपन्देही विच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ ।